Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीआरआईबारे देउवाले भने- ऋण लिने सामर्थ्य छैन, अनुदान लिनुपर्छ

सोमबार, मंसिर १०, २०८१

काठमाडौं- नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने धारणा काँग्रेसको रहेको प्रष्ट पारे । चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको उनको भनाइ छ ।

देउवाले भने, ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ?’

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्