Nic Ad Nic Ad
Nic Ad Nic Ad

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

सोमबार, मंसिर १०, २०८१

काठमाडौँ - धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।

उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो । 

 


 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्