सडक खनेर हिलो बनाएको भन्दै महानगरले तिरायो २५ हजार जरिवाना
काठमाडौँ- सडक खनेर हिलो पारेको भन्दै काठमाडौँ महानगरपालिकाले २५ हजार जरिवाना गराएको छ ।
काठमाडौँ महानगरपालिका ४ स्थित मानश्री मार्गमा स्वेता शाहले सडक खनेर हिलो पारेबापत जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।
पछिल्लो समय प्रशासनिक दण्ड, जरिवाना र जफतमा काठमाडौं महानगर आक्रामक देखिएको छ ।
महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड–जरिवानाको व्यवस्था गरेको छ ।
महानगरले गत शुक्रबार दरबारमार्गमा सभा आयोजना गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना तोकेको थियो ।
यद्यपि, एमालेले उक्त जरिवाना स्वीकार गरेको छैन । पार्टी कार्यालयमै जरिवाना पत्र लिएर महानगरको टोली पुगे पनि एमालेले अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पत्र पठाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ १९:३४
प्रतिक्रिया दिनुहोस्