रिहा भए कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी
काठमाडौँ- मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।
सरकारी वकिलको कार्यालय, काठमाडौँले सोमबार मुद्दा नचलाउने निर्णय गरे लगत्तै अधिकारी रिहा भएका हुन् ।
पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ १९:४१
प्रतिक्रिया दिनुहोस्