राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
महेन्द्रनगर (धनुषा)- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन आज मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पेस गरेको छ ।
प्रतिवेदन बुझाउँदै प्रदेश प्रमुख भण्डारीसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रतिवेदनको सारांश जानकारी गराए ।
आयोगको तर्फबाट सहसचिव होमनाथ पौडेल, उपसचिव तिलक खड्का, शाखा अधिकृत दीपेन्द्र शाही र प्रमोद सिम्खडाको उपस्थिति रहेको थियो । प्रतिवेदन बुझ्दै मधेस प्रदेश प्रमुख भण्डारीले धन्यवाद दिए ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ २०:५०
प्रतिक्रिया दिनुहोस्