Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति भएकै दिन मेक्सिको, क्यानडा र चीनमाथि थप कर लगाउने ट्रम्पको घोषणा

मंगलबार, मंसिर ११, २०८१

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले कार्यकाल सुरु भएसँगै चीन, मेक्सिको र क्यानडामाथि नयाँ कर लगाउने बताएका छन्।
ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको सपथ लिँदैछन्। कार्यकाल सुरु भएको पहिलो दिनमै यी ३ देशमाथि कर लगाउने ट्रम्पले घोषणा गरेका हुन्।

मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने निर्णयमा हस्ताक्षर गर्ने ट्रम्पले बताएका छन्। यस्तै, चीनबाट आयात हुने सामानमा थप १० प्रतिशत कर लगाउने निर्णयमा पनि हस्ताक्षर गर्ने उनले घोषणा गरेका छन्।

मेक्सिको र क्यानडाबाट धेरै संख्यामा अप्रावासीहरु गैरकानुनी रुपमा अमेरिका भित्रिन्छन्। पहिलो कार्यकालमा ट्रम्पले यसरी आउने आप्रवासीहरुलाई रोक्ने प्रयास गरेका थिए। अब यी देशमाथि कर लगाएर ट्रम्पले आप्रवसी रोक्न दबाब दिएका हुन्।

मेक्सिको र क्यानडाबाट गैरकानुनीरुपमा आप्रवासीसँगै लागू औषध भित्रिरहेको ट्रम्पको दाबी छ। यो अवस्थालाई रोक्न दुवै देशले काम नगरेसम्म सामान आयातमा कर लागू रहिरहने ट्रम्पको भनाइ छ।

यस्तै, चीनबाट अमेरिकामा लागू औषध भित्रिरहेको भन्दै ट्रम्पले थप कर लगाउने बताएका हुन्। निर्वाचन प्रसारका क्रममा ट्रम्पले मेक्सिको र चीनमाथि १०० प्रतिशत थप कर लगाउने चेतावनी दिएका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्