रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी
काठमाडौं– कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगेका छन्।
जापान भ्रमणमा मानव तस्करीको आरोप लागेका कारण पक्राउ परेका अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका हुन्। उनलाई पत्नी पृथ्वी बस्नेतको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको पत्र प्रहरी परिसरमा पठाएपछि सोमबार साँझै रिहा भएका थिए। उनी मंगलबार बिहान पशुपतिनाथ मन्दीर पुगेका थिए।
उनले आफूले जापान जान पासपोर्ट बुझाएकाहरूले गिरोहको जालमा फसाएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ १२:२७
प्रतिक्रिया दिनुहोस्