दुर्गा प्रसाईँलाई अदालत लगियो
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत लगिएको छ ।
साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईँले बोलेको भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सर्वोच्चमा अहिले उनको बयान चलिरहेको छ । प्रसाईँ गत आइतबार वीर अस्पताल भर्ना भएका थिए ।
अदालतले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले प्रसाईँले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ १५:११
प्रतिक्रिया दिनुहोस्