लीलाबल्लभलाई मुद्दा नचलाउने निर्णयले हामीमाथि प्रतिशोध राखेको पुष्टि गर्यो : रास्वपा
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानूनी कारवाही नभएको घटनाले थप पुष्टि गरेको दाबी गरेको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले आफूहरूमाथि चौतर्फी भाला प्रहार भइरहेको बताए ।
उनले भने, ‘हामीमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा हामीले अब प्रमाणित गर्नै नपर्ने भइसक्यो । त्यसको आधार हामीले दिइराख्नै पर्दैन । लीलाबल्लभ अधिकारीलाई कानूनी कारवाही नहुने, मुद्दा पनि दायर नहुने भन्ने कुराले प्रमाणित गरिसक्यो । तर, पनि हामी अदालतलाई सम्मान गर्छौँ ।’
उनले सभापति रवि लामिछानेले सहकारीको ब्याज नै तिर्नको लागि चेक काटेको भन्ने डकुमेन्ट संगठित रूपमा बाहिर ल्याएर प्रचार गरेको दाबी गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ १७:५६
प्रतिक्रिया दिनुहोस्