Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी प्रकरणमा प्रहरी इन्स्पेक्टर निलम्बित

मंगलबार, मंसिर ११, २०८१

काठमाडौँ- सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो ।

पुराना घटनामा फरार सूचीमा रहेकाहरूलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो । त्यसपछि उनलाई गएको ४ मंसिरमै जिल्ला अदालत, काठमाडौँमा बुझाएको थियो । अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

तर, हालसम्म उनीलाई प्रहरीले निलम्बनमा राखेको काठमाडौँ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मारुती बचत तथा ऋण सहकारी संस्थाको सदस्यका रूपमा उनीविरुद्ध २०८० भदौमा जाहेरी परेको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्