Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनकपुर बोल्ट्सको मुख्य प्रायोजक डिएनए

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं- नेपाली प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सलाई डिएनए इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ।

ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्स र डिएनएबीच मंगलवार सम्झौता भएको छ। बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडा र डिएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे। रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो ।

जनकपुरका अमित श्रेष्ठले टाइटल्स स्पोन्सरको रुपमा डिएनए इन्टरनेसनल नेपाललाई हामी जनकपुर बोल्ट्समा स्वागत गर्दछौं ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ । बोल्ट्सका अन्य विदेशी लाहिरु मिलान्था लगायतका खेलाडी छन् ।

मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । प्रशिक्षक पुबुदु, आसिफलगायतले टोलीको एनपिएल जर्सी प्रर्दशन गरेका थिए।

सोहि अवसरमा डिएनएले जनकपुरले एनपिएल जितेमा प्रत्येक खेलाडीलाई १ लाख र फाइनल पुगेमा ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्