नेभिगेशन
सुरक्षा–अपराध

५५ करोडको अनलाइन सट्टेबाजी गर्ने पक्राउ

काठमाडौँ- सट्टेबाजी गराएको आरोपमा एक जना पक्राउ परेका छन् । अनलाइनमार्फत विभिन्न खेलका निम्ति सट्टेबाजी गराएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो । 

प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो । उनीबाट ५५ करोड बराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध