जय भट्टाचार्यलाई एनआईएचको निर्देशक बनाउने ट्रम्पको घोषणा
काठमाडौँ- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडकालमा लकडाउन विरोधी छवि बनाएका जय भट्टाचार्यलाई आफ्नो टोलीमा उच्च प्रशासनिक पदमा नियुक्त गर्ने घोषणा गरेका छन्।
भट्टाचार्य कोभिड-१९ महामारीका बेला लगाइएका लकडाउनहरूको स्पष्ट रूपमा विरोध गर्ने व्यक्ति हुन् । ट्रम्पले उनलाई अमेरिकाको मुख्य सार्वजनिक स्वास्थ्य निकायको अर्को निर्देशकका रूपमा नियुक्त गर्ने घोषणा गरेका हुन् ।
ट्रम्पले भनेका छन्, ‘स्टानफोर्ड विश्वविद्यालयबाट प्रशिक्षित चिकित्सक र अर्थशास्त्री भट्टाचार्यलाई नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) को जिम्मेवारीका लागि छनोट गरिएको छ।’
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ १२:५८
प्रतिक्रिया दिनुहोस्