Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्यो, अफिसियल कमेन्ट्री गर्ने ६ विदेशीको खास परिचय के हो?

बुधबार, मंसिर १२, २०८१

काठमाडौं– मंसिर १५ गतेदेखि त्रिवि मैदानमा हुन लागेको नेपालको घरेलु क्रिकेटको खेल नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान)ले उक्त खेलको आयोजना गरेको हो।

उद्घाटन खेलमा फ्रेन्चाइजहरू बिराटनगर किङ्स र जनकपुर बोल्ट्स भिँड्दैछन्।

उक्त खेलका सबै टिकट विक्रि भइसकेको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

सामान्यतर्फ र भिआईपीतर्फका सबै टिकट बिक्रि भएको हो। मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको प्रवक्ता लामाले बताए । 

यसैबीच एनपीएलको अफिसियल कमेन्ट्रीका लागि ६ जना विदेशी तय गरिएको छ।  

अमेरिकाका एन्ड्रयु लेनर्ड, एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानीलाई क्यानले कमेन्ट्रीका लागि भित्राएको छ। एन्ड्रयु नेपाली क्रिकेटको कमेन्ट्रीमा ख्याती कमाएका व्यक्ति हुन्। 

यस्तै, अकरम्यान दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुन्। उनले दक्षिण अफ्रिकाबाट सन् १९९८ मा टेस्ट क्रिकेट खेलेका थिए। अकरम्यानले क्रिकेट करियरपछि कमेन्टेटरको रूपमा काम गरिरहेका छन्।

ड्यारेन इङ्ल्यान्डका पूर्वक्रिकेटर हुन्। उनले इङ्ल्यान्डबाट टेस्ट, ओडीआई र टी–२०आई खेल खेलेका छन्। उनले १५९ ओडीआईमा २३५ विकेट लिएका छन्।

भारतका श्रीधरणले पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। उनले सन् २००० देखि २००४ सम्म भारतबाट खेलेका थिए। मोनाली क्यानडाकी पूर्वक्रिकेटर हुन्। उनले सन् २०१९ मा क्यानडाबाट दुई टी–२०आई खेल खेलेकी थिइन्। मिखाइल भारतका पत्रकार तथा कमेन्टेटर हुन्।

एनपीएलमा ८ वटा फ्रेन्चाइज छन्। बिराटनगर र जनकपुरसँगै चितवन राइनोज, काठमान्डु गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले एनपीएल खेल्नेछन्।
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्