Nic Ad Nic Ad
Nic Ad Nic Ad

बक्यौता बुझाउन बाँकी उद्योगहरूमा बिजुली नकाट्‌ने विद्युत् प्राधिकरणको निर्णय

बुधबार, मंसिर १२, २०८१

काठमाडौं- नेपाल  विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ ।

विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो ।

बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको स्रोतले बतायो ।

विद्युत् नियमन आयोगले मंगलवार डेडिकेटेड विवादमा बक्यौता असुली गर्न तर लाइन नकाट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो ।

यसअघि मन्त्रिपरिषद् बैठकले टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउन र उद्योगहरूमा काटिएको लाइन जोडिदिने निर्णय २५ कात्तिकमा गरेको थियो । त्यस आधारमा प्राधिकरणले २७ वैशाखमा विद्युतको लाइन जोडिँदिँदै १५ दिनभित्र पुरानै बिलअनुरुपको बक्यौता तिर्न उद्योगीहरुलाई ताकेता गरेको थियो ।

मन्त्रीपरिषद् बैठकले टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरे पनि नेपाल विद्युत् प्राधिकरणले फेरि पनि पुरानै बिल पठाएको थियो । टीओडी मिटरकै आधारमा पहिले बिल काटिएकोले त्यसलाई नसच्याउने र बक्यौता नतिरे १५ दिनपछि लाइन काटिदिने कुरा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए ।

त्यसको म्याद आजै सकिँन लागेको अवस्थामा प्राधिकरण बोर्ड बैठकले लाइन नकाटी बक्यौता अशुल गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्