Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय चलचित्र अवार्ड २०८०: जारी उत्कृष्ट फिल्म, बिपिन र स्वस्तिमासहित कस कसले पाए अवार्ड?

बुधबार, मंसिर १२, २०८१

काठमाडौ - यसवर्षको राष्ट्रिय चलचित्र अवार्ड  २०८० प्रदान गरिएको छ । 

लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

आज राष्ट्रपति निवासमा आयोजित विशेष समारोहमा चलचित्रलाई सो अवार्ड प्रदान गरियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहको आयोजना गरिएको थियो । २०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकीलाई जुरीले सर्वोत्कृष्ट ठहर गरेको हो ।

सर्वोत्कृष्ट निर्देशकहको अवार्ड भने ‘दिमाग खराब’ का लागि निश्चल बस्नेतले पाएका छन् । सोही चलचित्रबाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् ।

स्वस्तिमाले अर्को चलचित्र ‘टुल्की’ बाट निर्णायक समिति प्रोत्साहन पुरस्कार पनि प्राप्त गरिन् । उत्कृष्ट अभिनेताको पुरस्कार भने ‘प्रसाद २’ बाट विपिन कार्कीलाई प्रदान गरिएको छ ।

राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरु:
उत्कृष्ट चलचित्र: बुलाकी
उत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार:
अभिनेत्री- स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र- जारी (वि.सं. २०८०)

विशेष योगदान सम्म्मान:
त्यैयव शाह - कलाकार 
कृष्ण प्रसाद रायमाझी - प्रदर्शक
नारायण प्रधान - द्वन्द्व निर्देशक
विद्या कार्की - कलाकार
नरेन्द्र महर्जन - प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव - कलाकार/निर्माता
भोज बहादुर गुरुङ - निर्देशक /निर्माता
अमुल कार्की ढली - संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ - प्रदर्शक
बुद्धि तामांग - कलाकार 
सबिता गुरुङ - कलाकार

विशेष चलचित्र पुरस्कार:
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मान:
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र 'आमा'की अभिनेत्री)

 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्