हिमपात शुरु भएसँगै मनाङमा चिसो बढ्दै, जनजीवन प्रभावित
मनाङ - हिमपात सुरु भएपछि मनाङमा चिसो थपिएको छ। चामे आसपासका क्षेत्रमा पनि हिमपात भएपछि रातको समयमा तापक्रम माइनसमा झरेको छ।
चामे २,७४० मिटर आसपासका बासिन्दाहरू चिसोका कारण तल्लो क्षेत्रमा झर्न थालेका छन्। मौसममा आएको यस परिवर्तनले यहाँको जनजीवन प्रभावित भएको छ भने स्वदेशी र विदेशी पर्यटकको आगमन समेत न्यून भएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार मौसमका कारण मनाङमा पर्यटकको संख्या घट्दो क्रममा रहेको छ। हिमपात र चिसोले गर्दा मनाङको पर्यटन क्षेत्रलाई थप चुनौती थपिएको जनाइएको छ।
स्थानीय बासिन्दाहरू अहिले चिसो मौसमबाट जोगिन सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ १८:२१
प्रतिक्रिया दिनुहोस्