बीआरआई अनुदानमा लिने कांग्रेस–एमाले सहमति, चीन उडिन् परराष्ट्रमन्त्री राणा
काठमाडौं– चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अनुदानमा लिन कांग्रेस र एमाले सहमत भएका छन्।
ऋणमा नभई अनुदानमा लिनेगरी सहमति भएको हो। बुधबार साँझ कांग्रेस–एमालेका नेताको बैठक बसेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी १७ गतेदेखि हुने चीन भ्रमणका क्रममा बीआरआईमा सम्झौता हुने कार्यक्रम तय भएको छ।
सोही भ्रमणको सबै विषय मिलाउन परराष्ट्रमन्त्री आरजु राणा विहीबार चीन उडेकी छन्। उनले पनि अनुदानमा नै बीआरआई सम्झौता हुने बताएकी छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १२:२१
प्रतिक्रिया दिनुहोस्