एनपीएल प्लेयर अफ दी सिरिज हुने नेपाली खेलाडीले मात्र पाउनेछन् यस्तो कार
काठमाडौं– नेपाल प्रिमियिर लिग (एनपीएल)का प्लेयर अफ दी सिरिज हुने खेलाडीले कार पाउने भएका छन्।
नेपाल क्रिकेट संघका सचिव पारस खड्का र शारडा समूहबीच सम्झौता भएपछि प्लेयर अफ दी सिरिज हुने खेलाडीले कार पाउने निश्चित भएको हो।
प्रतियोगिताको प्लेयर अफ द सिरिज नेपाली खेलाडी घोषित भएमा मात्र उक्त खेलाडीलाई कार पुरस्कार दिइने शारडा समूहले जनाएको छ।
यदि सिरिजमा विदेशी खेलाडी ‘प्लेयर अफ द सिरिज’ भएमा चाहिँ कार बाहेक अन्य पुरस्कार पाउने छन्।
नेपालीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउने छन्।
त्यसैगरी अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकोले लिगमा सहप्रायोजन गर्ने भएको छ।
यसका लागि क्यानले ओमोडाको आधिकारिक विक्रेतासँग सम्झौता गरेको हो।
क्यान सचिव खड्का र ओमोडाको आधिकारिक विक्रेता एसजीपी आटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।