ग्रामथान गाउँपालिका उपनिर्वाचनः एमालेका बागीद्वारा बालेन र हर्कको फोटो राखेर प्रचारबाजी
काठमाडौं– आगामी आइतबार हुने स्थानीय तहको उपनिर्वाचनको प्रचारबाजीमा उम्मेदवारले काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको तस्बिरसहितको तुलको प्रयोग गरेका छन्।
विहीबार रातीदेखि मौन अवधि सुरु भएपछि उम्मेदवारहरूले प्रचारबाजीमा तिव्रता दिएका हुन्। मतदातालाई आफूतिर आकर्षित गर्नका लागि स्वतन्त्र उम्मेदवारीबाट महानगर र उपमहानगरमा जित निकालेकाको तस्बिर प्रयोग गरि प्रचार गर्ने उम्मेदवार पनि ‘स्वतन्त्र’ हुन्।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदको लागि हुने उपचुनावमा १५ दल र एक जना स्वतन्त्रले उम्मेदवारी दिएका छन्।
उनीहरूले मतदाता समक्ष विभिन्न बाचा र प्रतिबद्धता गरिरहेका छन्। ग्रामथानमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नमनारायण चौधरीले बालेन र हर्क साम्पाङको फोटा राखेर चुनाव प्रचार गरिरहेका हुन्।
नेकपा (एमाले)ले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। २०७४ र २०७९ को निर्वाचनमा पनि उनी उम्मेदवारका दाबेदार थिए। तर, यसपटक पनि पार्टीले टिकट नदिएपछि विद्रोह गरेका उनी स्वतन्त्र उम्मेदवार हुन्।