आचारसंहिता उल्लंघन गरी चुनाव प्रचारमा गएका एमाले नेताहरू सवार गाडी स्थानीयको नियन्त्रणमा
बुटवल– लुम्बिनी प्रदेश सभा सदस्य समेतका एमाले नेता सवार गाडीलाई स्थानीयले कपिलवस्तुको शुद्धोदन गाउँपालिका– १ मा नियन्त्रणमा राखेका छन्।
आचारसंहिता विपरित उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भनी प्रदेश सभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन्।
गाडीमा न्यौपानेसहित एमाले कपिलबस्तुको अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेललगायत नेताहरू सवार थिए।
वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएको बताइएको छ।
गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए। विहीबार रातीदेखि मौन अवधि सुरु हुँदैछ। उपनिर्वाचन प्रचारका लागि सरकारी सवारी साधनको प्रयोग गर्न पाइँदैन।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १४:२२
प्रतिक्रिया दिनुहोस्