Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीकी उम्मेदवारद्वारा एमालेकी उपाध्यक्षकी प्रत्यासीलाई समर्थन, केन्द्रले के भन्यो?

बिहीबार, मंसिर १३, २०८१

दाङ– स्वामीकार्तिक गाउँपालिका बाजुराको उपाध्यक्ष पदको उप निर्वाचनमा नेकपा माओवादीकी उम्मेदवारले एमाले प्रत्यासीलाई समर्थन गरेकी छन्।

आफ्नै उम्मेदवारले एमालेलाई समर्थन गरेपछि माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई मत दिनका लागि निर्देशन दिएको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले गत मंसिर २ गते उम्मेदवारी दर्ता गरे पनि मंसिर ५ गते माओवादी केन्द्र र राप्रपाले उम्मेदवारी फिर्ता लिएको थियो।

माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले एमालेकी उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद थियो। सोही विवादबीच केन्द्रको यस्तो निर्देशन गएको उपमहासचिव गिरीराजमणि पोखरेलले बताए।

सुदूरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका पोखरेलले पत्र पठाएर एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई भोट हाल्न निर्देशन दिएका हुन्।
उम्मेदवारी फिर्ता लिएकी विकले एमालेको उम्मेदवारलाई सघाउनु पार्टीको हितविपतिर रहेको पोखरेलको कथन छ।

उनले समाजवादी मोर्चालाई बलियो बनाउने नीतिअनुसार समाजवादीका उम्मेदवारलाई भोट हाल्न निर्देशन दिएका हुन्।

उक्त गाउँपालिकामा एमाले र माओवादीबीच भएको सहमतिमा २०८४ सालमा हुने स्थानीय तह चुनावमा उपाध्यक्ष, एक वडाध्यक्ष र केही वडा सदस्य पदमा माओवादीलाई एमालेले सहयोग गर्ने उल्लेख थियो।

२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको २०८० माघ ४ गते निधन भएसँगै उपाध्यक्ष रिक्त थियो। 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्