नेभिगेशन
खेलकुद

यस्तो छ २० दिनसम्म चल्ने एनपीएलका ३२ खेलको तालिका

काठमाडौं– मंसिर १५ गतेबाट सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले गर्ने नेपाल प्रिमियर लिग (एनपीएल)को २० दिनको ३२ खेलको तालिका सार्वजनिक भएको छ। 

आठ वटा फ्रेन्चाइजले कसले कुनसँग कुन– कुन समयमा खेल्नेछ भन्ने पनि सार्वजनिक भएको हो। 

शनिबार १२ः१५ बजे  विराटनगर किङ्स र जनकपुर बोल्ट्सले उद्घाटन खेल खेल्नेछन्। 

स्थानीय तहको निर्वाचनका कारण मंसिर १६ गते खेल हुनेछैन। 

मंसिर १७ गते ९ः१५ बजे काठमान्डु गुर्खाज विरुद्ध चितवन राइनोजले खेल्नेछ।  १ः१५ बजे जनकपुर विरुद्ध कर्णाली याक्स खेल्नेछन्। 

मंसिर १८ गते  ९ः१५ बजे सुदुरपश्चिम रोयल्स विरुद्ध विराटनगरले खेल्नेछन्।  १ः१५ बजे चितवन विरुद्ध पोखरा एभेन्जर्सले खेल्नेछ।

मंसिर १९ गते ९ः१५ बजे कर्णाली विरुद्ध काठमान्डु, १ः१५ बजे विराटनगर विरुद्ध लुम्बिनीको खेल हुनेछ।

मंसिर २० गते  ९ः१५ बजे पोखरा विरुद्ध जनकपुर, १ः१५ बजे  काठमाडौं विरुद्ध सुदुरपश्चिमको खेल हुनेछ। 

मंसिर २१ गते ९ः१५ बजे कर्णाली विरुद्ध चितवन, मंसिर २१ गते  १ः१५ बजे लुम्बिनी विरुद्ध पोखराको खेल हुनेछ। 

मंसिर २२ गते ९ः१५ बजे लुम्बिनी विरुद्ध सुदुरपश्चिम र १ः१५ बजे कर्णाली विरुद्ध विराटनगरको खेल हुनेछ। 

मंसिर २३ गते ९ः१५ बजे जनकपुर विरुद्ध लुम्बिनी, १ः१५ बजे  सुदूरपश्चिम विरुद्ध चितवनको खेल हेर्न पाइनेछ। 

मंसिर २४ गतेलाई ब्रेक राखिएको छ। 

मंसिर २५ गते ९ः१५ बजे चितवन विरुद्ध लुम्बिनी, १ः१५ बजे  कर्णाली विरुद्ध पोखराको खेल हुने क्यानले जनाएको छ।  

यस्तै, मंसिर २६ गते ९ः१५ बजे जनकपुर विरुद्ध सुदुरपश्चिम,१ः१५ बजे – काठमाडौं विरुद्ध लुम्बिनीको भिडन्त हुनेछ। 

मंसिर २७ गते ९ः१५ बजे पोखरा विरुद्ध विराटनगर,१ः१५ बजे  काठमाडौं विरुद्ध जनकपुर आमने सामने देखिनेछन्। 

मंसिर २८ गते ९ः१५ बजे लुम्बिनी विरुद्ध कर्णाली, १ः१५ बजे  विराटनगर विरुद्ध चितवनको खेल हुनेछ। 

मंसिर २९ गते ९ः१५ बजे काठमाडौं विरुद्ध पोखरा, १ः१५ बजे  जनकपुर विरुद्ध चितवनको खेल हुने जनाइएको छ। 

मंसिर ३० गते ९ः१५ बजे काठमाडौं विरुद्ध विराटनगर, १ः१५ बजे  पोखरा विरुद्ध सुदूरपश्चिम पिचमा उभिनेछन्। 

पुस १ गते ९ः१५ बजे सुदूरपश्चिम विरुद्ध कर्णालीको हुनेछ। 

पुस २ गते ब्रेक छ। 

पुस ३ गते ९ः१५ बजे  तेस्रो स्थान विरुद्ध चौथो स्थान (एलिमिनेटर) १ः१५ बजे  पहिलो स्थान विरुद्ध दोस्रो स्थान (पहिलो क्वालिफाय) हुनेछ। 

पुस ४ गते १२ः१५ बजे  एलिमिनेटर विजेता विरुद्ध पहिलो क्वालिफायर पराजित (दोस्रो क्वालिफायर)को खेल हुनेछ। 

पुस ५ ब्रेक राखिएको छ। 

पुस ६ गते १२ ः १५ बजे – पहिलो क्वालिफायर विजेता विरुद्ध दोस्रो क्वालिफायर विजेता (फाइनल) खेल हुने क्यानले जनाएको छ। 
हालसम्म ८ फ्रेन्चाइजमा खेल्नका लागि लगभग ४० विदेशी खेलाडी आइसकेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद