मारवाडी सेवा समितिले दुई महिनाको ८ लाख ४० हजार भाडा असुल्यो, प्रमाण यस्तो छ
काठमाडौं- मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठ लाख रुपैयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौं महानगरपालिकाले छापा मारेको छ।
बिहीबार महानगरपालिकाको राजश्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले छापा मारेको हो। छापाकै क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको बताए।
उनले आधिकारिक व्यक्ति काम विशेषले बाहिर रहेकाले सबै जानकारी सार्वजनिक गर्न नसकिएको बताए।
उनले सम्झौता गरेर राखेका ब्यवसायीहरुको व्यवसाय दर्ता, नवीकरण हालसम्म तिर्नुपर्ने रकम सबै डकुमेन्टहरू आधिकारिक व्यक्तिले सोमबार बुझाउने गरी सम्झौता भएको बताए।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १६:४७
प्रतिक्रिया दिनुहोस्