Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज राति १२ बजेदेखि मौन अवधि सुरु, चुनाव प्रचारमा निशेध

बिहीबार, मंसिर १३, २०८१

काठमाडौं - यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबार (आज) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ।

मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। 

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ। यस अवधिको पालना भएन/भएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्