अभ्यास खेलमा पोखराले विराटनगरलाई हरायो
काठमाडौ - नेपाल प्रिमियर लिग (एनपीएल) अघि भएको अभ्यास खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई ३६ रनले पराजित भएको छ।
मुलपानीस्थित माथिल्लो मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा विराटनगरले ८ विकेट गुमाएर १ सय २४ रन बनायो ।
पहिलो ब्याटिङ गरेको पोखराका मार्की खेलाडी कुशल भुर्तेलले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । दिनेश खरेलले १६ रन, बास डि लिड्सले १९ रन, माइकल लिस्कले २१ रन बनाउँदा किरण ठगुन्नाले १० रन बनाएका थिए।
विराटनगरका लागि सन्दीप लामिछाने र सुवाष भण्डारीले समान दुई विकेट लिँदा जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान एक विकेट हात पारेका थिए ।
विदेशी खेलाडीबिना मैदानमा ब्याटिङको विराटनगरको लागि फिर्दोस अन्सारीको २१ रनमा अविजित रहे । दिपक बोहराले १९ रन तथा बसिर अहमदले १८ रन बनाएका हुन् ।
पोखराका लागि सागर ढकाल र तीर्थ राज दासले समान २ विकेट लिएका थिए । शनिबार हुने एनपीएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्सको सामना गर्द छ।