Nic Ad Nic Ad
Nic Ad Nic Ad

खुला विश्वविद्यालयमा लगाइएको ताला खुल्यो, चार बुँदे सहमति

बिहीबार, मंसिर १३, २०८१

काठमाडौँ- नेपाल खुला विश्वविद्यालय कार्यकारी परिषद् र शिक्षक-कर्मचारी संघर्ष समितिबीच चार बुँदे सहमति भएको विश्वविद्यालयमा लगाइएको ताला खुलेको छ । बिहीबार दुईपक्षबीच चार बुँदे सहमति भएको संघर्ष समितिका संयोजक उपप्राध्यापक भोजराज घिमिरेले बताए ।

विश्वविद्यालयका शिक्षक कर्मचारीको श्रम ऐन तथा श्रम नियमावली अनुसार सेवा सुविधा प्रदान गर्न कार्यविधि बनाउन समिति गठन गर्ने सहमति भएको उनले बताए ।खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीन वटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो ।

तर, स्थायीको प्रक्रिया अहिलेसम्म अगाडि बढेको थिएन । सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाबाट पनि वञ्चित भएको उपप्राध्यापक भोजराज घिमिरेले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्