नाकैमुनि अनिर्णित रास्वपाः बैकल्पिक शक्तिको आशक्ति नै ध्वस्त
काठमाडौं– जम्मा ४१ वटा स्थानीय तहका निकायमा चुनाव हुने निश्चित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जम्मा २६ स्थानमा समेटिएको छ।
त्यहाँमाथि प्रमुखमा त कहिँ पनि उम्मेदवारी दिएको छैन। महत्वपूर्ण के हो भने गत निर्वाचनमा सबैभन्दा बढी समानुपातिक मत ल्याएको काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिकाको प्रमुखमा उसले उम्मेदवारी दिने हिम्मत राखेन।
नाकैमुनि अनिर्णित रास्वपाले उक्त नगरपालिकामा कसैलाई सहयोग गर्ने घोषणा समेत गर्न सकेन। ‘सभापतिको पक्षमा ब्यस्त भएर हो, अन्यथा हामी दिने थियौं। समय अलिक प्रतिकूल बन्यो’, एक जना नेताले भने।
केही घन्टापछि अब प्रचार प्रसार गर्न पाइन्न, शून्य समय सुरु हुन्छ।
रास्वपासित कुनै जवाफ छैन,‘किर्तिपुरमा किन उम्मेदवारी नदिएको?’ भन्ने प्रश्नको।
काठमाडौं– १६ मा वडाध्यक्षको उम्मेदवारी दिए पनि उम्मेदवार जित्ने सम्भावना कमजोर रहेको छ। किनभने यहि बेला स्वर्णलक्ष्मी सहकारी ठगीको बयानका लागि सभापति रवि लामिछानेलाई तीन दिनका लागि जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयमा ल्याइएको छ।
चुनावमा जित निकाल्नासाथ सत्तामा जाने हुटहुटीले रास्वपालाई वैकल्पिक शक्ति बन्ने यात्राको आशक्ति नै कमजोर बनिसकेको टिप्पणी गर्नेहरू धेरै छन्।
सभापति लामिछाने ५ सहकारी ठगीमा मात्र नभएर संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा परेका कारण रास्वपा रक्षात्मक मात्र बनेको छ। उसले उपचुनावमा आक्रामक हुने निर्णय गर्न सकेको छैन।
अझ आन्तरिक पार्टी जीवनमा आन्दोलनमा जान हुने र नहुने तर्कको मझधारमा रास्वपा अड्किएको छ।
प्रहरीले रास्वपाका अन्य पदाधिकारीको पनि खोजीनीति गरिरहेको छ। उपसभापति डीपी अर्यालको बारेमा पनि अनुसन्धान हुन सक्ने आधारहरुको बारेमा चर्चा सुरु भएको छ।