काठमाडौँ १६ कि रास्वपा उम्मेदवारले प्रहरी हिरासतमै रविलाई भेटिन्
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइनासाथ उपनिर्वाचनमा काठमाडौँ १६ बाट पार्टीको उम्मेदवार बनेकी रोजिना श्रेष्ठले भेटेकी छन् । उनले जिल्ला प्रहरी परिसरमा पुगेर सभापति लामिछानेसँग भेटेकी हुन् ।
पार्टीका उपचुनाव कमाण्डर गणेश पराजुलीले रोजिनालाई लिएर प्रहरी परिसर पुगेका थिए । भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पराजुलीले उपचुनावका सन्दर्भमा कुराकानी भएको बताए ।
हिरासतभित्र रवि उच्च मनोबलमा रहेको देखेर आफूहरूको हौसला बढेको पराजुलीको भनाइ छ ।
रविसँग भेटपछि काठमाडौं १६ की उम्मेदवार श्रेष्ठले उपचुनावमा आफ्नो विजय निश्चित रहेको बताइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ २१:५५
प्रतिक्रिया दिनुहोस्