नेभिगेशन
राजनीति

उपनिर्वाचन किर्तिपुर मेयरः ओलीको उम्मेदवार जिताउने प्रस्ताव लिएर पुगेका थिए रास्वपा प्रमुख सचेतक परियार

काठमाडौं– मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली भेट्न पुगे रास्वपा प्रमुख सचेतक सन्तोष परियार। उनको शर्त थियो– उपनिर्वाचनमा किर्तिपुरको मेयरका लागि एमालेका उम्मेदवारलाई हामी भित्री सहयोग गर्छौं, सभापति रवि लामिछानेलाई हिरासत मुक्त गरियोस्। 

यति मात्र भनेनन् उनले बाहिर बसेरै अनुसन्धान भए पनि धरौटीमा छाड्ने र बाहिर भाषण गर्ने अधिकार पनि दिइयोस्। यो शर्त अहिलेसम्म पनि सकिएको छैन। यसैकारण किर्तिपुरमा उम्मेदवार घोषणा नभएको रास्वपा उच्च तहको दाबी छ। 

तर प्रधानमन्त्री ओलीले बेवास्ता हैन, परियारलाई भने,‘एमाले फर्किनुस्। किन मरिहत्ते गर्ने? कानुनले गर्ला नि!’

यसपछि मोडियो रास्वपाको बाटो। अनि, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्षलाई भेट्न समय मागियो। ‘हामीले के गर्ने, समस्यामा परियो। ओलीले नछाड्ने भए।’

प्रचण्डले भने,‘रविजीको केही न केही त देखियो, मैले भनेर मात्र हुन्न। म प्रयत्न गर्छु।’

खुमलटार स्रोतले भन्यो,‘रविजीको बारेमा राज्य लाग्यो। अरु पनि छन्। उहाँको गल्ती छैन भन्ने माओवादीको कुरा छैन। तर, उहाँ मात्र हैन, एमालेका नेतालाई लागेको अभियोग पनि छानबिन हुनुपर्छ।’

रविका सहयोगका लागि माओवादीले लिलाबल्लभ घिमिरेलाई उन्मुक्ति दिनू गलत रहेको निर्णय गर्ने निधो भएको प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले बताए।

रास्वपाका नेता अहिले लामिछानेलाई जोगाउनका लागि बालुवाटार र खुमलटारको शरणमा पुगिरहेका छन्। 

यहाँसम्मकी रवि लामिछानेलाई हिरासत बाहिर राखे किर्तिपुरमा एमालेलाई भित्र भित्रै सहयोग गर्ने प्रस्ताव लिएर परियार पुगेका थिए। 

यति मात्र होइन हिरासतमुक्त बनाउने सम्झौता गरे सत्ता समीकरणमा पनि आउने नयाँ प्रस्ताव पनि फ्याँकियो। तर ओलीले भने,‘सरकार ढाल्नु भनेको होइन, ढालेर देखाए भैगयो नि। ओली खराब भनेको हैन, सकेजति फेसबुकमा बुलिङ गर्नू।’ परियार त्यसपछि अक्क न बक्क भए।

ओली ढिम्किन नमानेपछि रास्वपाले अहिले माओवादीका किर्तिपुरका उम्मेदवार शिवशरण महर्जनलाई समर्थन गर्ने भएको छ। जबकि, त्यहाँ सफाई अभियानकर्मीसहित दुई जना प्रभावशाली स्वतन्त्र उम्मेदवार छन्। 

यसअघि रास्वपाले आफ्ना नभएका स्थानमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने सार्वजनिक घोषणा गरेको थियो।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति