Nic Ad Nic Ad
Nic Ad Nic Ad

मंसिरको अन्तिम सातामा भारत किन जाँदैछन् प्रधान सेनापति सिग्देल

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलको भारत भ्रमणको तयारी सुरु भएको छ। मंसिर अन्तिममा सिग्देल भारत जान लागेका हुन्। 

भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीको निम्तोमा सिग्देलले औपचारिक भ्रमण गर्नेछन्। सो क्रममा उनले भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटका साथै भारतीय सेनाको मानार्थ महारथीको पदावधि लिनेछन्। 

नेपाल र भारतका सेनाबीचको सम्बन्धमा मानार्थ महारथीको पदावधि दिने प्रचलन छ। भारतीय सेना अध्यक्ष द्विवेदीको नेपाल भ्रमणका क्रममा उक्त पदावधि राष्ट्रपति रामचन्द्र पौडेलले दिएका थिए। 

भारतीय सेनाबाट नेपाली सेनाले सहयोग लिँदै आएको छ। भ्रमणका क्रममा भारतीय स्थल सेनाका कतिपय अड्डाको निरिक्षणमा प्रधान सेनापति सिग्देल रहनेछन्।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्