नेभिगेशन
सुरक्षा–अपराध

द्वेषजन्य भाषण गर्ने कथित अभियानकर्मी गृह मन्त्रालयको निगरानीमा, यस्तो छ चेतावनी (विज्ञप्ति)

काठमाडौं– सामाजिक सञ्जालका प्ल्याटफर्मबाट बहुलवादीय अधिकारको दुरुपयोग गरी द्वेषपूर्ण अभिव्यक्तिसम्म दिने स्वघोषित अभियानकर्मी गृह मन्त्रालयको निगरानीमा राखिएको छ।

सरकारले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सार्वजनिक शान्ति नै खलबलिने अभिव्यक्ति आइरहेको उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिनु त्यसको प्रमाण हो। 

गृह मन्त्रालयका एक अधिकारी यस चेतावनीप्रति भन्छन्,‘मर्यादा नाघेर सामाजिक र राजनीतिक व्यक्तित्वमाथि जथाभावी भनेर सामाजिक सञ्जालमा राखिन थालिएको छ। यो स्मरण गराइएको हो।’ 

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुव्यवस्थामै खलल पुरÞ्याउने घृणाजन्य अभिव्यक्ति दिइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

देश या विदेश जहाँ भए पनि सरकारको निगरानीमा रहेको संकेत गर्दै विज्ञप्तिमा भनिएको छ,‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ।’

यस्तो छ विज्ञप्ति
griha-suchana_mV3j1LbycC-1732863516.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध