Nic Ad Nic Ad
Nic Ad Nic Ad

माइतीघर मण्डलामा ‘रवि दाईलाई रिहा गर’

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिँदै गर्दा कार्यकर्ताहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

‘रवि दाईलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’लगायत लेखिएका प्लेकार्डसहित रास्वपाका कार्यकर्ता माइतीघर मण्डलामा जम्मा भएका थिए। 

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरी गोरखा मिडिया प्रालिमा लगेको र ऋण लिएको भेटिएपछि लामिछानेलाई बयान गराइएको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट बिहीबार साँझ उनलाई काठमाडौं ल्याइएको थियो।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्