विश्नोईको नाममा धम्की दिएको आरोपमा एक जना पक्राउ
काठमाडौँ- भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका एक युवा रहेको खुलेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर शुक्रबार काठमाडौँ ल्याएको छ । सीआईबी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका हरिचन्द्र फुयाँल रहेका छन् ।
केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १४:१५
प्रतिक्रिया दिनुहोस्