नेभिगेशन
सुरक्षा–अपराध

लरेन्स विश्नोईको मान्छे भनी धम्की दिने भारतमा पक्राउ, दुर्गा प्रसाईं पनि ‘जोडिन्छन्’

काठमाडौं– दुर्गा प्रसाईंको अभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भन्दै आफूलाई अहिले चर्चामा रहेका भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको मान्छे बताउँने हरिप्रसाद फुयाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

पूर्वी नेपालसँग नाका जोडिएको वेस्ट बंगालबाट फोन गरी व्यावसायीलाई धम्की दिने फुयाँललाई भारतबाटै पक्राउ गरिएको हो। सीआईबीले भारतीय नाका पानीट्यांकीबाट पक्राउ गरिएको भनेको छ। 

फुयाँलको घर झापा हो। उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेका थिए। 

फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए। उनलाई काठमाडौं ल्याइएको छ। 

गुन्डा नाइके विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्कीपूर्ण १४१ कल आएको विवरण सतहमा थियो। 

बैंकर र अन्य व्यवसाय गर्नेहरू मध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी गरेका थिए। फुयाँल र प्रसाईंको कनेक्शनका विषयमा पनि अनुसन्धान हुने बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध