NEWS FLASH : सोमबार बेलुका या मंगलबार बिहानअघि कास्की पुग्दैनन् रवि लामिछाने, अकुत सम्पत्ती कहाँबाट आयो?
काठमाडौं– रास्वपा सभापति रवि लामिछाने सोमबार राती अथवा मंगलबार बिहानसम्म जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा मात्र पुग्ने निश्चित भएको छ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनको बयान आजबाट सुरु भएको छ। उच्च स्रोतले भन्यो,‘यो बयान सोमबारसम्म पनि सकिनेवाला छैन, बेलुकासम्म सकिएला।’
शनिबार विदा र अदालत बन्द भएका कारण रविको बयान हुनेछैन। आइतबार पनि रास्वपाको बिरोध प्रदर्शनलाई मूल्यांकन गरी माइतीघर मण्डलालाई छलेर सोही स्थाननजिक रहेको भद्रकालीस्थित सरकारी वकिलको कार्यालय झिकाउनुपर्छ।
रास्वपाको बिरोधका कारण नै रविका बयानमा समस्या आइरहेको स्रोतहरुको दाबी छ।
‘यहाँ सम्पत्ती शुद्धिकरणका अनेक अकुत रकमका कुरा छन्। यस विषयमा पनि बयान हुन्छ नै’, स्रोतले भन्यो,‘सोमबार साँझसम्म समय लाग्न सक्छ।’
रास्वपाका कार्यकर्ता माइतीघरमा प्रदर्शनमा उत्रिएका कारण समयमा सम्बन्धित सरकारी वकिलको कार्यालयमा रविलाई लान सक्ने अवस्था नबनेका कारण पनि बयान ढिलो सुरु हुन सक्ने सम्भावना छ।