बुढा भइसकेका शिखर धवन कर्णाली याक्सका ‘हिरो’ बन्न सक्लान्? गृहेन्द्रको मुस्कान अर्कै छ
काठमाडौं– भारतीय क्रिकेटमा महान् मध्य एक मानिने ओपनर शिखर धवन काठमाडौं आइपुगेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपीएलका उनी एक महान् खेलाडी भनिएका छन्।
३८ बर्षिय धवनलाई कर्णाली याक्सले राम्रै सम्झौता गरेर टीममा भित्र्याएको छ। यद्यपि उनी यस पटकको एनपीएलका हिरो बन्न सक्लान्? यो एउटा प्रश्न अहम् छ।
आईपीएलदेखि अन्तर्राष्ट्रिय क्रिकेटसम्म त्यागेका धवनले एनपीएल स्वीकार गर्नु पैसा मात्र रहेको भन्ने भारतीय मिडियाले बखान गरिरहेका छन्।
तैपनि नेपाली क्रिकेटका लागि उनको खेल महत्वको हुनेछ। के कुशल भुर्तेलले उनको विकेट लिनेछन्? सन्दीपले सक्छन् सक्तैनन्? कुशल मल्लले के गर्लान्? करण केसी उत्साही छन् लिन सक्ने भन्नेमा।
तैपनि उनको आगमनले एनपीएल एउटा भयानक हुनेवाला छ।
धवनसँग सम्झौता भए पनि कस्तो समझदारी बनेको थियो भन्ने विषय गोप्य नै रहेको थियो।
स्रोतका अनुसार कर्णाली याक्सले धवनलाई प्रत्येक खेलको ३० हजार अमेरिकी डलर दिने सम्झौता गरेको छ। धवनले एनपीएलमा कर्णाली याक्समा कम्तिमा चार खेल खेल्ने र इच्छा लागे अन्य खेल पनि थपिन सक्ने बताइएको छ।
भारतको राष्ट्रिय टोलीबाट खेलिसकेका कुनै पनि भारतीय खेलाडी नेपाल आएर फ्रेन्चाइज टोलीबाट खेल्न लागेको यो पहिलो पटक हो।
बायाँ हाते ब्याटर धवनलाई कर्णाली याक्सले अनुबन्ध गरेसँगै एनपीएल चर्चा झन् चुलिएको देखियो।
‘गब्बर’ उपनामले चर्चित धवन भारतीय राष्ट्रिय टोलीबाट होस् वा आईपीएलमा, गजबको छाप छोडिसकेका छन्।
३४ टेस्ट, १६७ एक दिवसीय र ६८ टी–२० आई खेलिसकेका उनी कीर्तिपुर मैदानमा देखिने चर्चित विदेशी अनुहारमा पहिलो नम्बरमा देखिएका छन्।
आइपीएलमा सनराइज हैदराबादलाई च्याम्पियन बनाउँदाका टोलीका मुख्य खेलाडी धवनले नेपाली दर्शकमाझ राम्रो छाप छोड्ने अनुमान गर्न सकिन्छ।
लामो प्रयासपछि धवनलाई कर्णाली याक्सका भित्राउन पाएकोमा उत्साहित कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेलाई उदृत गर्दै बीबीसी नेपाली न्यूज लेख्छ,‘धवनको धमाकाले एनपीएलमात्र होइन, समग्रमा नेपाली क्रिकेटलाई फाइदा पुग्ने हामीलाई विश्वास छ।’ धवनले राष्ट्रिय टोलीबाट बिदा लिएको २ वर्षभन्दा बढी भइसकेको छ।
तर कर्णाली याक्सका मालिक गृहेन्द्रको मुद्रामा चमक छ। के धवन भयानक साबित हुनेछन्? उनको डेब्यु खेलमा नै परिक्षण हुनेछ।