एनपीएलः ब्याटिङ थालेको बिराटनगर किङ्सका कप्तान लामिछाने भन्छन्–१८० देखि १९० सम्म बनाउन सक्छौं
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा टस हारेर ब्याटिङका लागि निम्तो पाएको बिराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले १८० देखि १९० सम्मको रन बनाउन सकिने अनुमान गरेका छन्।
स्टार स्पोर्टसलाई प्रतिक्रिया दिने क्रममा उनले यसो भनेका हुन्।
जनकपुर बोल्ट्सले टस जितेर बलिङ गर्ने भएको छ। शनिबार टस हारेको विराटनगर किंग्सले सुरुमा ब्याटिङ गर्नेछ। यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ १२:३१
प्रतिक्रिया दिनुहोस्