महोत्सव प्रचारार्थ दुई दिने खुल्ला फोटोग्राफी तालिम सुरु
भक्तपुर- फोटोग्राफी समाज नेपाल भक्तपुरको आयोजनामा पाँच दिने भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ Faces of Bhaktapur विषयमा २ दिने खुल्ला फोटोग्राफी तालिम र अभिमुखीकरण कार्यक्रम पहिलो दिन शुक्रबारदेखि सुरु भएको छ ।
तालिममा वरिष्ठ फोटोग्राफर दिपेन्द्र बज्राचार्यले फोटोग्राफीको जनरल प्रोटेट सम्बन्धि जानकारी दिँदै फोटोलाई उत्कृष्ट बनाउन फोटोग्राफरको विचार र अवधारणा प्रष्ट हुनुपर्ने बताए ।उहाँले व्यक्तिको माग र कथावस्तुको आवश्यकता सहितको चित्रणबाट व्यक्तिको जीवनशैली प्रस्तुत गर्न सक्नु विषयवस्तु अनुसारको प्रोटेट हो भने' ।
अन्तर्क्रिया सहित अभिमुखीकरण तालिममा २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रह्यो । पहिलो दिन अभिमुखीकरणमा सिकेका फोटोग्राफीको जनरल प्रोटेटलाई तालिमको दोस्रो दिन शनिवार बिहान ७ बजे सोही स्थानमा प्रशिक्षार्थीहरुले तयार गरेका फोटाहरुको विश्लेषणात्मक छलफल हुने आयोजकले जनाएको छ ।