बिराटनगर किङ्सको १२ औं ओभरमा अर्को विकेट ढल्यो, एनपीएलकै पहिलो छक्का गुप्टिलका नाममा
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा टस हारेर ब्याटिङ थालेको बिराटनगर किङ्सको तेस्रो विकेट गएको छ।
ओपनर लोकेश बमपछि आएका इलियासको पनि विकेट गिरेको थियो। त्यसपछि आएका निकोलस किर्टन पनि घर फर्किएका छन्। ओपनर मार्टिन गप्टिल चलिरहेका छन्।
७६ रन बनाउँदा ३ विकेट गुमाएको बिराटनगरले यो समाचार तयार पार्दासम्म गुप्टिलको छक्कासँगै ८३ रन बनाएको छ।
न्युजिल्यान्डका गप्टिल बने एनपिएलमा अर्धसतक बनाउने पहिलो खेलाडी
एनपीएलको पहिलो खेलमा विराटनगरका मार्टिन गप्टिलले अर्धसतक बनाएका छन्। उनले जनकपुरविरुद्धको उद्घाटन खेलमा ३६ बलमा ७ चौका र एक छक्कासहित ५१ रन बनाएका हुन्।
न्युजिल्यान्डका अनुभवी ब्याटरले अर्धशतक बनाउँदा विराटनगरले १२.१ ओभरमा ८३–३ को अवस्थामा छ।
यसअघि जनकपुरका ललितनारायण राजवंशी पहिलो विकेट लिने खेलाडी बनेको थिए। उनले दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका थिए । लोकेश र मार्टिन गुप्टिल क्रिजमा आएका थिए।
यसअघि जनकपुरले टस जितेर बलिङ गरेको थियो।