बिराटनगरले १५ ओभरमा सय रन बनायो, गुप्टिलसहितका ५ विकेट गुमायो
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा टस हारेर ब्याटिङ थालेको बिराटनगर किङ्सले १५ ओभर सकिँदा सय रन बनाएको छ।
न्यूजिल्यान्डका मार्टिन गुप्टिल जस्ता महत्वपूर्ण खेलाडी बिराटनगरले गुमाएको छ। बिराटनगरले ५ विकेट गुमाएको छ। राजेश मगरसँगै गुमेको विकेट ५ पुगेको हो।
ओपनर लोकेश बमपछि आएका इलियासको पनि विकेट गिरेको थियो। त्यसपछि आएका निकोलस किर्टन पनि घर फर्किएका छन्। ओपनर मार्टिन गप्टिल चलिरहेका छन्।
न्युजिल्यान्डका गप्टिल बने एनपिएलमा अर्धशतक बनाउने पहिलो खेलाडी
एनपीएलको पहिलो खेलमा विराटनगरका मार्टिन गप्टिलले अर्धसतक बनाएका छन्। उनले जनकपुरविरुद्धको उद्घाटन खेलमा ३६ बलमा ७ चौका र एक छक्कासहित ५१ रन बनाएका थिए।
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ १३:३८
प्रतिक्रिया दिनुहोस्