Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनकपुर बोल्टसलाई १२८ को लक्ष्य, १९ ओभरमै समेटियो बिराटनगर किङ्स

शनिबार, मंसिर १५, २०८१

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा बिराटनगर किङ्सले जनकपुर बोल्टसलाई १२८ रनको लक्ष्य दिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले गरेको पहिलो ऐतिहासिक घरेलु लिगको उद्घाटन खेलमा बिराटनगरका लागि न्यूजिल्यान्डका खेलाडी मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन बनाएका थिए। 

बिराटनगरका तर्फबाट जम्मा दुई छक्का मात्र लाग्यो। जसमा गुप्टिल र कप्तान सन्दीप लामिछानेको योगदान रहेको थियो। 

पहिलो इनिङ्समा बिराटनगरलाई जनकपुरले १९ ओभरमा नै समेटेको थियो।
 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्