NPL : दश ओभरमा जनकपुरले २ विकेटको क्षतिमा ८० रन बनायो
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलर्मा १२८ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्टसले १० ओभरमा ८० रन बनाएको छ।
यसक्रममा उसले दुई ओपनर अनिल साह र आसिफ शेखलाई गुमाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले गरेको पहिलो ऐतिहासिक घरेलु लिगको उद्घाटन खेलमा बिराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो।
दोस्रो इनिङ्सको खेलमा जनकपुर आरामसाथ खेलीरहेको छ। बिराटनगरका लागि सन्दीप लामिछानेले दुई ओभर बलिङ गर्दासम्म एउटा पनि विकेट लिन सकेका छैनन्।
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ १५:०९
प्रतिक्रिया दिनुहोस्