Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीको पक्षमा उभिए रास्वपा उपसभापति वाग्ले, भन्छन्- चीनसित ऋण लिनुपर्छ

शनिबार, मंसिर १५, २०८१

तनहुँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

आज दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले चीन मात्रै नभई भारतलगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने बताए । 

नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने डा. वाग्लेको भनाइ छ । “एक प्रतिशत ब्याज भए  ऋण नै लिए पनि फरक पर्दैन ।

३०/४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्विकार्नुपर्छ”, उनले भने, “केही राजनीतिक दलले चीनबाट ऋण लिनै हुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।”

उपसभापति वाग्लेले मिसन २०८४ को तयारीका लागि अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए । उनले पार्टी सभापति रबि लामिछाने पक्राउपछि केही तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उम्मेदवार नउठाइएको प्रष्ट पारे ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्