Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज स्थानीय तहका ४१ रिक्त पदका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान

आइतबार, मंसिर १६, २०८१

आज स्थानीय तहका ४१ रिक्त पदका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुँदैछ।  

यस उपनिर्वाचनमा नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, र वडाध्यक्ष ३३ पद गरी कुल ४१ पदका लागि निर्वाचन भइरहेको छ। निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार निर्वाचन सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको छ।  

आयोगले मतदाताहरूलाई मतदाता नामावलीमा आफ्नो नाम दर्ता भएको केन्द्रमा गई निर्धक्क रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ। मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर (PAN) परिचयपत्र, वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्र प्रस्तुत गरी मतदान गर्न सकिने व्यवस्था गरिएको छ।  

यस पटकको उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू सहित ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।  

आयोगले मतदान प्रक्रिया शान्त, व्यवस्थित र निष्पक्ष बनाउन सबै पक्षसँग सहयोगको अपिल गरेको छ। मतदाताहरूका लागि भयमुक्त वातावरण सुनिश्चित गर्न र मतदान केन्द्रमा शान्तिपूर्ण माहोल कायम राख्न विशेष ध्यान दिइएको छ। साथै, निर्वाचन अधिकृत, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, र पर्यवेक्षकलाई आ-आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गरिएको छ।  

उपनिर्वाचनमा जनताको सहभागिता र विश्वासलाई केन्द्रमा राख्दै लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार