नेभिगेशन
सुरक्षा–अपराध

रवि लामिछानेको बयान आज पनि जारी

काठमाडौं– सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धान जारी राखिएका रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सरकारी वकिलको कार्यालय काठमाडौंमा जारी राखिएको छ। 

शुक्रबार बयान नसकिएको र शनिबार विदा परेका कारण आज पनि जारी राखिएको छ। आज पनि बयान अबेरसम्म हुन सक्छ। सकभर आजै सक्ने तयारी गरिएको छ तर सकिएन भने भोलीसम्ममा सकेर जिल्ला प्रहरी कार्यालय कास्की पठाइने बताइएको छ। 

उनीविरुद्ध काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी संस्थामा आफैं र जीबी राईसहित संयुक्त रुपमा ऋण लिएको अनि भुक्तान नगरेको अभियोगमा उजुरी परेको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध