Nic Ad Nic Ad
Nic Ad Nic Ad

यु–१९ एसिया कप : बंगलादेशविरुद्ध नेपाल ब्याटिङमा

आइतबार, मंसिर १६, २०८१

काठमाडौं– यु–१९ एसिया कप क्रिकेटमा नेपाल र बंगलादेश खेलिरहेका छन् । युनाईटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रंगशालामा जारी खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । यस्तै, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो जित हात पारेको बंगलादेश सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई हराउने योजनामा छ ।

एसीसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन्  भने समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।  समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्