Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी प्रकरणमा पूर्वडीआईजी जोशीलाई बयानका लागि चितवन लगियो, रविलाई पनि लगिने

आइतबार, मंसिर १६, २०८१

काठमाडौं– साहारा सहकारी रकम हिनामिना र अपचलन प्रकरणमा बयानका लागि पूर्वडीआईजी छविलाल जोशी बन्जाडे र रामबहादुर ढकाललाई आइतबार चितवन लगिएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई बयानका लागि चितवन लगिएको हो। 

उक्त सहकारीको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिनामा संलग्न भएको आरोपमा जीबी राईसहित १७ जनाविरुद्ध किटानी जाहेरीमा दर्ता भएको मुद्दा गत असोज ९ गतेबाट चलिरहेको छ।

केही दिनअघि मात्र रवि लामिछानेसहित १० जनाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि लामिछाने पनि साहाराको बचत अपचलनको अनुसन्धानको दायरामा तानिने भएका छन्। 

अहिले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिइरहेका लामिछानेलाई कास्की लगेपछि चितवनमा लगिनेछ। 

प्रहरी अनुसन्धानका क्रममा साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीको नाम उल्लेख छ । ती पाँच कम्पनीमा गोर्खा मिडिया, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, नेचर नेष्ट प्रालि र प्रिङ उड रियल स्टेट हाउजिङ प्रालि रहेका छन्।
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार