स्थानीय तह उपनिर्वाचन मतदानः खसेको मत ५० प्रतिशत कट्यो
काठमाडौैं– ४१ पदका लागि भइरहेको स्थानीय तहका विभिन्न पदमा भएको उपनिर्वाचनमा अहिलेसम्म खस्ने मत ५० प्रतिशत कटेको छ।
निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ।
आयोगका अनुसार कुन स्थानीय तहमा कति मत खस्यो भन्ने विवरण भने आइसकेको छ।
उनले स्थानीय तहको भन्दा पनि वडाको मत खसेको विवरण आयोगलाई प्राप्त भएको र उक्त विवरणका आधारमा अहिलेसम्म करिव ५० प्रतिशत मत खसेको पाइएको हो।
निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न आठ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा ३४ वटा वडामा वडा अध्यक्षको उपनिर्वाचन भइरहेको छ।
यसलाई आगामी आवधिक निर्वाचनको प्रारम्भिक सर्वेक्षणका रुपमा पनि बुझ्न आवश्यक हुने बताइन्छ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ १४:३३
प्रतिक्रिया दिनुहोस्