Nic Ad Nic Ad
Nic Ad Nic Ad

गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आइतबार नहुने

आइतबार, मंसिर १६, २०८१

दोलखा– यहाँको गौरीशंकर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना आइतबार सुरु नहुने भएको छ।

वडा नम्बर ९ को मतपेटिका गणनास्थल ल्याउन ढिला हुने भएकोले मतगणना सुरु हुने सम्भावना छैन।

उक्त वडाका मतपत्र हिँडेर ल्याउँदा दुई दिन लाग्नेछ। हेलिकोप्टरको व्यवस्था नभएका कारण खसेको मतपेटिका ढिलोगरी मात्र ल्याइने हुँदा सोमबारबाट मात्र गणना हुनेछ।  

गौरीशंकरको उपाध्यक्षका लागि दलगत र स्वतन्त्र गरी १६ जनाको मनोनयन दर्ता भएको थियो। 

कांग्रेसबाट पासदिकी शेर्पा, एमालेबाट उमा मगर शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) बाट सपना कार्की खड्का उम्मेदवार छन्।

स्वतन्त्रबाट अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तामाङ र सर्कीमा शेर्पा उम्मेदवार छन्।

अन्य स्थानीय तहको मतगणना भने आइतबारदेखि नै सुर हुनेछ। अब केही घन्टामा मतदान सकिनेछ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्